Thursday, July 17, 2008

ST. LAWRENCE COLLEGE

Chabhil, Pipalbot (nearby NTC,infront of Chabhil stupa) Tel /Fax No: 4487864, 4460996 PO Box 1221, Kathmandu, Nepal. Email: info@stlawrence.edu.np

[+/-]पुरा लेख पढ्नुहोस् ...

Monday, July 14, 2008

तलब बढाउने अर्थमन्त्रीको प्रतिबद्धता

काठमाडौं, ३ असार राष्ट्रसेवक कर्मचारीले बढ्दो मूल्यवृद्धि थेग्न सक्ने गरी आवश्यक तलब बढाउन सरकारसँग आग्रह गरेका छन् । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षमा मूल्यवृद्धि १४ दशमलव ८ प्रतिशत भएकोे अनुमान गरेकाले कर्मचारीले मूल्यवृद्धिको ७५ प्रतिशत भत्ता सुविधा थप हुनुपर्ने माग गरेका छन् । आर्थिक वर्ष २०६६/६७ मा कर्मचारीको केही प्रतिशत तलब वृद्धि हुने निश्चित भएको छ । सामान्य प्रशासन मन्त्रालय स्रोतले कर्मचारी तलब झन्डै ३० देखि ४० प्रतिशत वृद्धि हुनसक्ने बताएको छ । झन्डै ४० प्रतिशत दरले वृद्धि हुने गरी गृहकार्य अघि बढाइएको स्रोतले जानकारी दियो । नेपाल निजामती कर्मचारी संगठनले बुधबार अर्थ मन्त्रालयमै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको बजेटमा निजामती कर्मचारीको तलबमान विषयक कार्यक्रम आयोजना गरी अर्थमन्त्री सुरेन्द्र पाण्डेको ध्यानाकर्षण गराएको हो । उनीहरूले कर्मचारीको मनोबल बढ्ने किसिमले काम गर्ने वातावरण बनाउन पनि तलब वृद्धि आवश्यक रहेको बताएका छन् । सो अवसरमा अर्थमन्त्री पाण्डेले स्थायी सरकारको रुपमा रहेका निजामती कर्मचारीको तलब वृद्धिका लागि सरकारले कुनै कन्जुस्याइँ नगर्ने बताए । सकेसम्म अधिकतम तलब वृद्धि गर्न प्रयास गरिने प्रतिबद्धता पनि मन्त्री पाण्डेले जनाए । 'तपाईंहरूको माग जायज छ । यसमा सरकार सकारात्मक छ,' अर्थमन्त्री पाण्डेले कर्मचारीलाई आश्वस्त पार्दै भने, 'बढीभन्दा बढी तलब वृद्धिको प्रयास गर्नेछौं ।' कर्मचारीले अहिलेको तलबबाट हालको बढ्दो महँगी थेग्न नसक्ने भन्दै अधिक तलब बढाउन आग्रह गरे । कार्यक्रममा संगठनका अर्थ विभागीय कार्यसमितिका केन्द्रीय प्रतिनिधि रामप्रसाद आचार्यले कार्यपत्र प्रस्तुत गदर्ैै नयाँ तलबमान प्रस्ताव गरे । दर्जा स्केल ग्रेड जम्मा १ कार्यालय सहयोगी प्रथम १०००० ४ ११३३३ २ कार्यालय सहयोगी द्वितीय १२००० ४ १३६०० ३ कार्यालय सहयोगी तृतीय १४५०० ४ १६४३३ ४ कार्यालय सहयोगी चतुर्थ १६७०० ४ १८९२६ ५ कार्यालय सहयोगी पाँचौ १८००० ४ २०४०० ६ कार्यालय सहयोगी छैटौं २१००० ४ ७ बहिदार १६७०० १५ २५०४९ ८ मुखिया १९००० १५ २८४९५ ९ खरिदार २१००० १५ ३१५०० १० नासु २५७०० १० ३४२६६ ११ अधिकृत ३०५०० १२ ४२७०० १२ उपसचिव ३२७०० १२ ४५७८० १३ सहसचिव ३५९०० ८ ४५८७३ १४ सचिव ४०००० ३ ४४००० १५ मुख्य सचिव ५०००० ५००००

[+/-]पुरा लेख पढ्नुहोस् ...